यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

आस्थाको धरोहर : वासुकी

 कालिका गाउँपालिका, वडा नं २, प्राङ्सेमा रहेको बासुकी ढुङगाको फेदमा बासुकी नाग रहेको छ । यही नागको नामाकरणबाट यस ढुङ्गाको नाम बासुकी रहन गएको हो ।



अत्यन्त शक्तिको रूपमा रहेको यस स्थान प्राङ्से (धोबीखोला) पहिरो नजिकै रहेको छ । गत २०६० सालमा यहाँ नाग मारिएको हुनाले पहिरो गएको भन्ने भनाई पनि रहेको छ । सोही विषयमा सार्वजनिक चासो रहेको हुनाले यहाँ मन्दिर तथा परिसरमा विभिन्न विकास निर्माणका कार्यहरू पनि भइसकेका / भइरहेका छन् । बिधिपूर्वक पूजाआजा गर्न थालेपछि पहिरो रोकथाम भईरहेको भन्ने स्थानीयको बुझाई रहेको छ ।



पासाङल्हामु राजमार्गको गोम्बोडाँडाबाट ५०० मीटर दूरीमा रहेको यो स्थल धार्मिक पर्यटनको रूपमा विकास गर्न सके पक्कै पनि पर्यटकीय विकासमा सहयोग पुग्नेछ । यहाँबाट मुडुल्लीभञ्ज्याङ-पात्ले हुँदै आकर्षकीय स्थलहरू रमिते ढुङ्गो, भूमेस्थान, लोकिल, सानोआले, ठूलोआले, जुरेढुङ्गो विजिली जोङ्गलगायतका स्थानमा पुग्न सकिन्छ ।

यसको वरपरिका वस्तीहरूमा थुम्कीका महादेव, कालिका मन्दिर, धैबुङ कोतघर (अवशेष नरहेको), घलेगढी, कमारेगढी आदि महत्वपूर्ण स्थलहरू रहेका छन् ।



No comments:

Post a Comment