प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।
कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको काठमाण्डौँदेखि ९४ किमी उत्तर, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ ।
सामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।
प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।
दोस्रो पटक नेपाल-चीन युद्द हुँदा चिनीया फौजले नेपाली फौजलाई लघारेर बेत्रावती पुर्या एपछि चिनीयाहरूले यस मन्दिरमा गाई, गोरू बली चढाएका थिए, जसको प्रभाव चट्याङ, हावाहुरी जस्ता विपत्तिसहित ठूलो संख्यामा चिनीयाँ फौज मरेका थिए/त्रिशूलीमा होमिन पुगेका थिए भनिएको छ । त्यसैबेलादेखि कालिका माईको शक्ति स्थापित भएको हो भन्ने भनाई रहेको छ ।
परापूर्व कालमा अन्यत्र जोडिएको जस्तो स्थानीय धार्मिक कार्यका लागि भाँडाकुँडा दिने प्रचलन यहाँ पनि थियो । हाल रहेको मन्दिरभन्दा केही तल पहरामा अवस्थित कालिका माईले आवश्यकता र नियमानुसार कार्यको लागि भाँडाकुँडा माग भपमा उपलब्ध गराउने गर्थिन् । पछि नियमानुसार प्रयोग नभएपछि माई रिसाएर भाँडाकुँडा माग्दा दिन छोडेकी हुन् भन्ने किंबदन्तीसमेत् रहेको छ ।
वि.सं. २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिसरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे ।
यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहाँसिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् ।
यही मन्दिरको पूर्वपट्टि चिउरीबोट नजिकै नेपाल-चीन युद्द हुँदा बखत् निर्माण भएको कोतघर जुन् अहिले अवशेष नरहेको अवस्थामा छ । यहाँ वरपर रहेका ऐतिहाँसिक गढीहरू कमारेगढी, घलेगढी जस्ता ऐतिहाँसिक स्थलहरूको उचित प्रचारप्रसार गर्न सके यहाँ वरपरका वस्तीहरू पर्यटकीय क्षेत्र बन्न सक्नेछ ।
No comments:
Post a Comment