ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

ताजा अपडेट

समाचारहरू

Popular of Month

Thursday, October 29, 2026

मानशिक स्वास्थ्य र मनाेपरामर्श बारे अभिमुखिकरण सम्पन्न


रसुवा, कालिका गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीहरूलाइ मानशिक स्वास्थ्य र मनाेपरामर्श बारे एक दिने अभिमुखिकरण कालिकास्थानमा ०८३ कार्तिक १२ गते  सम्पन्न भयाे । 

नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल)द्धारा सञ्चालित कालिकास्थानमा बालबालिका तथा किशोर किशोरीहरुको मानसिक स्वास्थ्य प्रवद्र्धन,स्वास्थ्यकर्मी ,अभिभावक तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको हो ।

मानशिक स्वास्थ्य समस्या र मनाेसामाजिक समस्या पहिचान गरी रेफरल मेकानिमज तयार गर्ने उद्देश्यले सञ्चालित १ दिने अभिमुखिकरणमा कान्ति बाल अस्पतालका डा अन्जन कुमार ढकाल र डा शुभ श्रेष्ठले सहजिकर गरेका थिए । बालबालिका तथा किशोर किशोरीहरु विपतकाे समयमा जाेखिममा पर्न सक्ने भएकाेले उनीहरूमा देखा पर्ने असरका  आधारमा रिफर गर्न स्वाथ्यकर्मीहरुलाइ अनुरोध गरे ।  

मानसिक स्वास्थ्य समस्याको लक्षण फरक(फरक हुन्छ । जस्तो डिप्रेसनमा निरन्तर चिन्ता लिनु, नकारात्मक विचार मनमा आउनु, भ्रामक विचार मनमा आउनु, सानोतिनो कुरामा रिस उठ्नुजस्ता लक्षण देखिन सक्छ । त्यस्तै एन्जाइटीमा बिनाकारण आत्तिने, निद्रा नलाग्ने र आत्मविश्वासको कमी हुने जस्ता लक्षण देखिन सक्ने जानकारी दिइयाे ।

बाढी पछिकाे विसम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने हुन सक्छ । जुन स्वभाविक पनि हो । तर यसले गर्दा उनीहरुको दैनिक जीवनमा कठिनाई भै समस्या हुनसक्ने बताइएको थियो । 

नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल) का सदस्य प्रा गोविन्द सुवेदीले अग्रपङतिमा रहेर सदैव काम गर्ने स्वास्थ्यकर्मीहरुले बालबालिका तथा किशोर किशोरीहरुलाइ सदैव मानशिक स्वास्थ्य र मनाेपरामर्श सेवा प्रबाह गर्नुपर्ने बताए । कार्यक्रममा सिविनका सन्ताेष विमली, कालिका गाउँपालिकाबाट सूचना अधिकारी लीलानाथ नेपाल र स्वास्थ्य शाखा प्रमुख नवराज न्याैपाने सहभागी  थिए । 




आमाछोदिङ्मो गाउँपालिकामा कृषि उपज : तुइनको भर

 


रसुवा, गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ र स्याफ्रुबेँसी जोड्ने मोटरेबल पुल बगाएपछि हालसम्म पुनःनिर्माण हुन सकेको छैन। पुल नहुँदा आमाछोदिङ्मो गाउँपालिकाका किसानहरू कृषि उपज ओसारपसारका लागि जोखिमपूर्ण तुइनको भर पर्न बाध्य भएका छन्।


बाढीले पुल बगाएको दुई महिना बितिसक्दा पनि पुनःनिर्माण नहुँदा किसानको बारीमा रहेको करोडौँ मूल्यको तरकारी कुहिने अवस्थामा पुगेको छ। ‘तुइनबाट थोरै–थोरै ढुवानी गरेर कहिले बजार लैजाने रु पुल छिट्टै निर्माण भए मात्र ढुवानी सहज हुन्छ,’स्थानीय आमाछोदिङ्मो गाउँपालिका–३ का किसान मार लामाले भने। पुल बन्ने लामो प्रतीक्षासँगै किसानहरू आफ्नो मुख्य बाली  बन्दा, जोखिम मोलेर तुइनबाट नदी तारेर काठमाडौँलगायतका बजारमा लैजान बाध्य छन्। 

बाढीका कारण यातायात सम्पर्क विच्छेद भएपछि स्थानीय किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिने वा उचित मूल्य नपाउने समस्या उत्पन्न भएको छ। वैकल्पिक मार्ग र पक्की पुलको अभावमा किसानहरू जोखिमपूर्ण तरिकाले भए पनि तुइनकै भरमा बन्दाकोबी नदी पार गराइरहेका छन्। ‘बारीमा फलेको बन्दा समयमै बजार पुर्‍याउन नसके कुहिएर जाने चिन्ता छ। यता पुल नबन्दा तुइनबाटै सामान तारेर गाडीसम्म पुर्‍याउनुपरेको छ,’स्थानीय किसान शुशीला तामाङले दुखेसो गरिन्। 

तुइनबाट कृषि उपज ढुवानी गर्दा किसानहरूले अतिरिक्त श्रम र उच्च ढुवानी खर्च व्यहोर्नुपरेको छ। बाढीले सडक सञ्जाल अवरुद्ध गर्नुका साथै पुलहरू बगाएपछि आमाछोदिङ्मो गाउँपालिकाका कृषि उपजले बजार पाउन सकेका छैनन्। आमाछोदिङ्मो गाउँपालिका–३, गतलाङमा मात्रै गत वर्ष प्रतिपरिवारले बन्दा खेतीबाट ५० हजारदेखि ६ लाख ५० हजार रुपैयाँसम्म आर्जन गरेका थिए। 


‘गत वर्ष गाउँमा कूल २ करोड रुपैयाँको कारोबार भएको थियो भने यस वर्ष बजार पाउन सके ३ करोड रुपैयाँ बराबरको बन्दा बिक्री हुने अनुमान थियो,’स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङ भन्छन्,‘गाउँभरिको करोडौँ मूल्य बराबरको कृषि उपज सङ्कटमा परेको छ। स्याफ्रुबेँसीमा छिट्टै बेलीब्रिज बनाउनुपर्नेमा धेरै ढिलाइ भयो। यसरी तुइनबाट कहिलेसम्म पार लगाउने रु किसानको करोडौँको उत्पादन खेर जाने भयो।’ 

तीन वर्षदेखि गतलाङमा बन्दा खेती फस्टाएकाले स्थानीयहरू व्यावसायिक रूपमा यसतर्फ आकर्षित भएका हुन्। यस वर्ष वडा नं २, ४ र ५ का धेरै किसानले पनि बन्दा खेती गरेका थिए। तामाङका अनुसार गाउँका झन्डै ४ सय घरधुरीले सयौँ रोपनी जमिनमा मुख्य आयस्रोतका रूपमा बन्दा खेती गरिरहेका छन्। तर, विनाशकारी बाढीले सडक सञ्जाल विच्छेद भएपछि उत्पादित बन्दा बारीमै कुहिने अवस्था आएको छ। समयमै सडक सञ्चालनमा नआए किसानको ठूलो लगानी खेर जाने चिन्ता बढेको छ। 

आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका तेन्जीनिमा तामाङले गत वर्ष ६ जना दाजुभाइ मिलेर ३० रोपनी जग्गामा बन्दा खेती गरी २० लाख रुपैयाँ कमाएका थिए। उनी भन्छन्, ‘आलु खेतीभन्दा बन्दाबाट राम्रो आम्दानी भएपछि सबैले बन्दा रोप्न थालेका थिए। हामीले यस वर्ष ३५ रोपनीमा बन्दा खेती गरेका छौँ।’

यहाँको लेकाली बन्दा बुटवल, नारायणगढ, पोखरा र सर्लाहीसम्म पठाउने गरिएको थियो। तुइनको भरमा मात्र ढुवानी सम्भव नहुने भएकाले बाढीले बिगारेको सडक र पुल छिटो निर्माण गर्न वा वैकल्पिक व्यवस्था मिलाइदिन किसानहरूले सरोकारवाला निकायसँग अनुरोध गरेका छन्।



Wednesday, October 28, 2026

जिबजिबे ग्रामीण अस्पतालमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

 

रसुवा, कालिका गाउँपालिका–५ स्थित जिबजिबे ग्रामीण अस्पतालमा बालबालिका, किशोर किशोरी तथा वयस्कलाई लक्षित गरी नि :शुल्क मानसिक स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। 

नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल)द्धारा आयोजित तथा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालित शिविरमा मानसिक स्वास्थ्य परीक्षण, मनोसामाजिक परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो।

शिविरमा उत्तरगया, कालिका तथा गोसाइँकुण्ड गाउँपालिकाका बालबालिका, किशोरकिशोरी तथा वयस्कहरूले सेवा लिएका थिए। शिविरमा कुल २६ जना बिरामीको विवरण संकलन गरिएको थियो, जसमा १० जना पुरुष र १६ जना महिला रहेका र अन्य समेत ५१ जनाले सेवा लिएकाे जिबजिबे ग्रामीण अस्पतालका उत्सव पाैडेलले बताए । 

त्यस्तै, मनोसामाजिक परामर्श तथा मनोचिकित्सा सेवा १४ जनाले प्राप्त गरेका थिए। बालबालिका तथा किशोरकिशोरीतर्फ ओपीडीमा १५ जना सेवाग्राही आएका थिए। ती मध्ये १० वर्ष वा सोभन्दा कम उमेरका एक जना र ११ देखि १९ वर्ष उमेर समूहका १४ जना रहेका थिए।

शिविरमा आएका बिरामीहरूमा समायोजन विकार, चिन्ता विकार, अवसाद, शोक तथा वियोग, रूपान्तरण विकार, भावनात्मक रूपमा अस्थिर व्यक्तित्व विकार तथा आफूलाई जानाजानी हानि पुर्‍याउने व्यवहारलगायतका मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू पहिचान भएका थिए। साथै, केही बिरामीमा मनोविकृति, मदिरा निर्भरता, मदिरा सेवनका कारण उत्पन्न मनोविकृति तथा दौरा विकारसम्बन्धी समस्याहरू पनि देखिएका थिए।


बालबालिका तथा किशोर किशोरी मध्ये तीन जनालाई औषधि सिफारिस गरी थप मनोवैज्ञानिक परामर्शका लागि पठाइएको थियो। अन्य बिरामीलाई आवश्यकता अनुसार मनो परामर्श  सेवा लिन सिफारिस गरिएको थियो भने केहीलाई तनाव व्यवस्थापनका लागि विश्राम अभ्याससमेत सिकाइएको थियो।

थप परीक्षण तथा उपचार आवश्यक पर्ने बिरामी मध्ये दुई जनालाई क्लिनिकल साइकोलोजिस्ट कहाँ, दुई जनालाई अर्थोपेडिक विभागमा र एक जनालाई युरोसर्जरी विभागमा रेफर गरिएको थियो।

मनोसामाजिक परामर्श तथा मनोचिकित्सा सेवा लिएका बिरामीलाई निरन्तर उपचार र परामर्शको पहुँचमा राख्न कान्ति बाल अस्पतालमार्फत टेलि–काउन्सेलिङ तथा मनोचिकित्सा सेवाबाट फलोअप गरिने व्यवस्था मिलाइएको छ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या समयमै पहिचान गर्न, आवश्यक उपचार तथा परामर्शमा पहुँच बढाउन र मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न यस्ता शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शिविरले बालबालिका, किशोरकिशोरी तथा वयस्कको नागरिककाे मानसिक स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न र उनीहरूलाई आवश्यक परामर्श तथा उपचार सेवासँग जोड्न सहयोग पुर्‍याएको जनाइएकाे छ।




पर्यटकीय क्षेत्रकाे स्याफ्रुबेसी बजार खण्डहर

 


रसुवा, लेन्देहुँदै भाेटेकाेसी नदिमा आएको विनाशकारी बाढीका कारण पर्यटकीय क्षेत्रकाे रूपमा परिचित स्याफ्रुबेसी बजार खण्डहरमा परिणत भएकाे छ । 

भदौ १० गतेको त्यो बिहान रसुवाको स्याफ्रुबेंसी बजार सधैँझैँ व्यस्त र जीवन्त थियो। पसलहरूमा चहलपहल थियो, मानिसहरू आ-आफ्नो दैनिक काममा मग्न थिए। तर, तिब्बत सीमा क्षेत्र नजिकैको ल्हेन्दे खोला र भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले केही बेरमै सबैथोक सखाप पारिदिएला भन्ने कसैले सोचेका थिएनन्।

स्याफ्रुबेंसी स्थित श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरू कक्षा ९ की सम्झना नगरकोटी र कक्षा १० की राधिका तामाङका लागि त्यो दिन जीवनकै सबैभन्दा डरलाग्दो  ईतिहास नै वन्यो र एकादेशमा यस्तो दिन थियो भन्ने सम्झना रह्यो ।

भदौ १० गतेको त्यो दिन  विद्यालयको होस्टेलमा  स्कुल जाने तयारि भईरहेका  विद्यार्थीहरूले अचानक एउटा ठूलो आवाज  सुने , सुरुमा बम पड्किएजस्तो ठूलो आवाज आयो, हेर्दाहेर्दै चारैतिर धुलोको बादल छायो। तल खोलाबाट बाढी उर्लेर आइसकेको रहेछ। 

बाढी आएको देखेपछि होस्टेलमा भागाभाग भयो। राधिका आफू मात्र भागिनन्, होस्टेलमै रहेकी आफ्नी सानि बहिनीलाई पनि खोजेर हात समात्दै माथितिर दौडिइन्। विद्यालयका शिक्षक र अन्य विद्यार्थीहरू पनि ज्यान जोगाउन झाडी र भिरको बाटो हुँदै माथिल्लो गाउँ कोमिनतिर लागे।

माथि डाँडाबाट तल हेर्दा स्याफ्रुबेंसी बजारको दृश्य कहालीलाग्दो थियो। सम्झना भन्छिन्, हामीले आँखाले देख्दादेख्दै राता रंगका बसहरू, पसल, घर र ज्यान जोगाउन दौडिरहेका मानिसहरूलाई बाढीले बगायो। त्यो दृश्यले हामीलाई छाँगाबाट खसालेजस्तै बनायो। हामी डरले रातभर रोइरह्यौँ।

त्यो रात कसैको आँखामा निन्द्रा परेन। एकातिर घरपरिवारको चिन्ता, अर्कोतिर आफू बसेको ठाउँ बगाएपछि अब कहाँ जाने र के गर्ने भन्ने त्रास। बाढी साम्य भएपछि उनीहरूले देखेको त्यो झकिझकाउ स्याफ्रुबेंसी बजार एउटा उजाड खण्डहर र बगरमा परिणत भइसकेको थियो। 



बाढीले पुल बगाएपछि काठेपुल बनाउन जुटे गाउँले


२०८३ कार्तिक १० गते

रसुवा, लेन्देहुँदै भोटेकोसी नदिमा भदौ १० गतेको बाढीले बाटोघाटो तथा पुल बगाएपछि आवतजावत ठप्प बनेको गोसाइँकुण्ड गाउँपालिका–३ स्थित ब्रिदिम जोड्न स्थानीयवासीले आफ्नै खर्चमा अस्थायी काठेपुल निर्माण थालेका छन्।

गाउँपालिकाको वडा नम्बर ३ खामजिङका स्थानीय तेन्जेन लामा र दोर्जे लामाले व्यक्तिगत लगानीमा स्याफ्रुदेखि ब्रिदिम जोड्ने काठेपुल बनाउन गाउँले जुटेका हुन् । निर्माण कार्य तीव्र पारिएकाले एक साताभित्रै पुल तयार भई यातायात तथा आवतजावत पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

सरकारी संयन्त्र दुर्गम गाउँसम्म पुग्न समय लाग्ने र सडक सञ्जाल ठप्प हुँदा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेपछि स्थानीयस्तरमै यो पहल सुरु गरिएको हो । बाढीले सडक र पुल क्षति पुर्‍याएपछि ब्रिदिमसहित आसपासका बस्तीहरू सञ्चार र यातायात सम्पर्कबाट टाढिएका थिए।

अस्थायी पुल निर्माण भएपछि ब्रिदिमका बासिन्दालाई दैनिक आवतजावत र अत्यावश्यक खाद्यान्न तथा सामग्री ढुवानीमा ठूलो राहत मिल्नेछ। साथै प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङ जाने पदयात्री तथा टिमुरे नाकातर्फ जाने सर्वसाधारणका लागि पनि यो बाटो उपयोगी हुनेछ।

सरकारले पूर्वाधार निर्माणको काम गरिरहे पनि दुर्गममा तत्काल राहत पुग्न कठिन देखियो, स्थानीय तेन्जेन लामाले भन्नुभयो, गाउँको समस्या समाधानका लागि हामीले आफ्नै व्यक्तिगत खर्चमा पुल निर्माण थालेका हौँ। यसमा स्थानीयवासीको पनि समन्वय छ। बाटो तथा पुल अभावमा एक गाउँबाट अर्को गाउँ पुग्न धेरै कठिन भयो लामाले भन्नुभयो गाउँलेको सहभागीतामा हामी वडा वडा जोड्नका लागि काठेपुल बनाउन लागेका हौं ।

विपदको समयमा सरकारी मुख नताकी स्थानीय आफैँले देखाएको यो तत्परता र आपसी सहयोगको भावनाले अहिले दुर्गम बस्तीहरूमा ठूलो सहयोग पुगेको स्थानीय दावा तामाङ बताउनुहुन्छ । यहाँ काठपुल बनेपछि वडा नं २ र ४ मा पनि पैदल यात्रा गर्न केही सहज हुने स्थानीय बताउछन् । यस अघि स्याफ्रुबेँसीमा आमाछोदिङ्मोका स्थानीयवासीको जनश्रमदानबाट निर्मित अस्थायी काठेपुल सञ्चालनमा आएको थियो ।

गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीमा निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएसँगै उत्तरी भेगका सर्वसाधारण तथा किसानहरूमा खुसी भएका छन् ।

​विनाशकारी बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेग पूर्ण रूपमा सडक सम्पर्कबाट विच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका वडा नं १ देखि ५ र आमाछोदिङ्मो गाउँपालिका वडा नं १ देखि ५ का सर्वसाधारणले आवतजावत र खाद्यान्न ढुवानीमा सास्ती खेप्दै आएका थिए । काठेपुल बनेपछि अहिले पैदलयात्रीलाइ सहज भएको छ ।

काठेपुल 



Tuesday, October 27, 2026

दुइ हजार जनालाइ मनाेसामाजिक परामर्श प्रदान

 


रसुवा, लेन्देखाेला हुँदै भोटेकोशी नदिमा आएको बाढी पछि रसुवाको बिभिन्न समुदायमा दुइ हजार जनालाइ नि :शुल्क  मनाेसामाजिक परामर्श सेवा तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ । 

मानशिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले दुइ हजार ३ सय ४६ जनालाइ मनाेसामाजिक परामर्श प्रदान गरेकाे जनाएकाे हाे । 

बाढी पछि आफन्त गुमेका वा बेपत्ता भएका तथा सम्पत्ती गुनाएकाहरूमा बिभिन्न किसिमका मनोसामाजिक समस्या पहिचान गरी केन्द्रले रसुवाकाे तीनवटा गाउँपालिकामा सेवा प्रदान गरिरहेकाे छ ।  

मानशिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले दिएको जानकारी अनुसार गोसाइकुण्ड गाउँपालिकामा १२४३, कालिका गाउँपालिकामा ४९५ र उत्तरगयामा ६२२ जना गरी दुइ हजार ३ सय ४६ जनाले नि :शुल्क स्वास्थ्य उपचार तथा परामर्श सेवा सेवा पाएका छन् । 



बाढीका कारण ७९ अर्ब १७ करोड बराबरको क्षति


 रसुवा, भदाै १० गते लेन्देहुँदै  भोटेकोशीमा आएकाे विनाशकारी बाढीका कारण घरपरिवार र व्यवसाय र प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ। 

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय, प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ। 

सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा ९आफ्नै स्वामित्वको० अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ। जसमा घडेरीमा भएको क्षति रु १३ अर्ब २६ करोड र घर निर्माण लागत रु ११ अर्ब ९५ करोडको छ।

बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिन अर्थात रु ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको छ। त्यसैगरी दुई हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ। जुन रु २३ करोड २१ लाख क्षति हो। 

त्यसैगरी एक हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा रु १० करोड ४१ लाख बराबरको क्षति पुगेको छ। पशुपन्छीतर्फ एक हजार ११ परिवारले पालेको रु २१ करोड ४२ लाख बराबरका पशुपन्छी र माछामा क्षति भएको छ। 

आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको रु एक अर्ब २४ करोड बराबरको क्षति भएको छ। साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको रु पाँच अर्ब दुई लाख बराबरको क्षति भएको छ। बाढीका कारण स्थायी प्रकृतिका ९टिकाउ हुने० घरायसी वस्तुमा पनि क्षति पुगेको छ। जसमा तीन हजार १८७ परिवारले रु एक अर्ब ४५ करोड बराबरको सम्पत्ति गुमाएका छन्।

साथै अस्थायी प्रकृतिका ९टिकाउ नहुने० घरायसी वस्तुमा पनि दुई हजार ७६९ परिवारले रु ६६ करोड ३५ लाख बराबरको क्षति बेहोरेका छन्। 

आयोगका अनुसार बाढीका कारण कूल छ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए। पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या दुई हजार ९८९ छ। 

प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ। साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन्। 

सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो। जसमा चार जिल्लाका १५ स्थायीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो।